मेस्सी र एम्बाप्पेको गोलमा पिएसजीको रोमाञ्चक जित

फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलका  घरेलु टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेकाे छ । उसले नाइसविरुद्ध २–१ काे जित हात पारेको हाे ।

पार्क डेस प्रिन्सेसमा खेलकाे २९ औं मिनेटमा लियाेनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए । 

८३ औं  मिनेटमा केलियन एम्बाप्पेले गाेल गरेपछि पिएसजीले २–१ काे रोमाञ्चक जित निकाल्यो । जितसँगै ९ खेलमा २५ अंक जाेडेकाे पिएसजी शीर्ष  स्थानमा उक्लिँदा पराजित नाइस समान खेलबाट ८ अंकका साथ १३ औं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ७:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया