चिनियाँ राजदूत यान्छीको कार्यकाल सकियो, कहिले फर्कंदै छिन् स्वदेश?

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफ्नो चार बर्से कार्यकाल पूरा गरी उनी अर्को महिना चीन फर्किन लागेकी हुन् । 

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रूपमा पठाउने तयारी गरेको छ । 

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारेमा चीन सरकारले निर्णय गरिसकेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।

उनले यही महिना राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गर्दैछिन् । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ८:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया