कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी
फाइल तस्बिर

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । 

नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबीच उम्मेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।  

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाएपछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समूहले बुझाएको सूचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्दसूची बुझाएको दाबी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ । 
  





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १०:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया