द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्नु प्रतिगामीको लागि चोटिलो प्रहार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  चुनावको मुखमा द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्नु प्रतिगामीहरूको लागि चोटिलो प्रहार भएको बताएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर चौधरीलाई आज बिहान माओवादीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  

उनले एमालेको प्रतिनिधित्व गरिसकेका र जिम्मेवारी सम्हालेका चौधरी माओवादी प्रवेश गर्नुको विषेश अर्थ भएको बताउँदै प्रतिगामीहरूको लागि चोटिलो प्रहार भएको र चौधरीको यो फैसला एकदम सही भएको बताए ।  

‘चुनावको संघारमा देशमा प्रतिगामीहरूले पटकपटक टाउको उठाउन खोजिरहेको बेला चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्ति र जनताको पक्षमा तपाइँले सही फैसला लिनु भएको छ । अब नेपालमा माओवादी केन्द्रले मात्र परिवर्तन र जनताको हितमा काम गर्न सक्छ भनेर एमालेको प्रतिनिधित्व गरिसकेका र जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नुको विषेश अर्थ अर्कै छ जस्तो लाग्छ,’ प्रचण्डले भने ।

इटहरी–१७ घर भएका चौधरी ०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । ०७२ मा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी ०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १०:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया