दसैंमा काठमाडौं महानगरकाे याेजना : निशुल्क एम्बुलेन्स सेवादेखि ५५८ स्वयमसेवक खटाइने

दसैं अवधिमा नागरिकका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रूपमा फैलिरहेका बेला दसैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ  ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिने महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जनाएका छन् । उनका अनुसार एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने छ । 

साथै, दसैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १२:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया