आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बाजुरा जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शनिबार जिल्ला समन्वय समितिको कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बोर्ड राखेर उद्घाटन गरेका छन् । यस्तै उता बैतडीमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरूको सहभागिता रहेको थियो । यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
यता बझाङमा भने २० असोजमा मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले जानकारी दिए । निर्वाचन आयोगले १५ असोज देखी २० असोजभित्र देशैभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने निर्देशन दिएको छ ।
बझाङ, बाजुरा र बैतडीमा प्रतिनिधि सभाका लागी एक - एक र प्रदेश सभाका लागी दुई - दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।