ढल्केवरकाे एक पेट्रोल पम्पमा आगलागी

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक पेट्रोल पम्पमा आगलागी भएको छ । 

मिथिला नगरपालिका–६ ढल्केवरस्थित धनुष ट्रेडर्समा आइतबार साँझ आगलागी भएको हो । 

ढल्केवरस्थित दक्षिण चोकमा सुरेश सर्राफले सञ्चालन गरेको पेट्रोल पम्पमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । 

उनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए । सुरक्षा निकायले समयमै आगो नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।
 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार २२:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया