हेटौंडामा बस दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आफैं नालीमा खसेको छ ।

दुर्घटनामा बसमा सवार झापाको दमक–५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी–८ का अन्दाजी ५१ वर्षीय कल्पना राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


 





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १२:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया