logo-img

कतै हिउँको च्यादर, कतै ‘लु’को कहर

यता जाडोको मौसम छ । केहीदिनअघि पश्चिमी वायुको प्रभावले मौसममा आएको बदलीसँगै देशको हिमाली मात्र नभई मध्यपहाडी क्षेत्रले समेत हिउँको च्यादर ओड्यो । हिउँ पग्लिँदै गए पनि चिसो अझै पग्लिएको छैन । 

युराेप, अमेरिकातिरकाे जनजीवन ठन्डीले अस्तव्यस्त छ । 

क्यानेडियन सहर ओन्टारिया र आसपासका क्षेत्रको तापक्रम माइनस २० देखि माइनस ४० डिग्री सेल्सियसम्म झरेको छ । पूरै सहर सेताम्मे छ । 

विश्वमै सुन्दर झरना मानिने ‘नयग्रा फल्स’मा अहिले पानी देखिन्न । झरना बरफको खम्बा बनेर उभिएको छ ।



अमेरिका, क्यानडामा अन्टार्टिकाभन्दा ज्यादा चिसो भइरहँदा अस्ट्रेलियामा भने गर्मीले रेकर्ड तोडेको छ । एडिलेड र मेलबर्न आसपासका क्षेत्रमा गर्मीको मार यतिसम्म छ कि ‘लु’का कारण पोखरीका माछासमेत मर्न थालेका छन् । 



अस्ट्रेलियाका केही भागमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम छ । गर्मीले मानिस सडकमा निस्कनसमेत नसक्ने अवस्था छ । सार्वजनिक स्थलहरुमा गर्मीबाट बच्न पंखा तथा एयर कुलिङ सिस्टम जडान गरिएको छ । 

अस्ट्रेलियामा विकेन्डलगायत पार्टी र रिफ्रेसमेन्टका लागि सबैभन्दा बढी रुचाइने ‘बिच’ पनि सुनसान भएको छ । 

उसो त, अस्ट्रेलिया सदावहार गर्मी हुने क्षेत्र होइन । यो त्यहाँको मध्य गर्मीयाम हो ।

अस्ट्रेलिया दक्षिणी गोलार्धमा पर्छ । पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम चल्दा दक्षिणी गोलार्धमा गर्मी चढ्छ । 

  • प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया