बडादसैंअन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलान्चोक भगवतीको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान उनी पाँचखालस्थित वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आएकी थिइन् ।
बिहान साढे ९ बजे तालिम केन्द्र आइपुगेकी राष्ट्रपति भण्डा तालिम केन्द्रबाट करिब ९ किलोमिटर कार्गेटमार्फत पलान्चोक भगवतीस्थान पुगेकी हुन् । भण्डारीलाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार, पाँचखाल नगरपालिका–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठलगायतका जनप्रतिनिधीले स्वागत गरेका थिए ।
करिब १० बजे मन्दिर पुगेकी उनले १५ मिनेट भगवतीको पूजाआराधना गरी बिहान १०ः१५ बजे फर्केकी थिइन् । राष्ट्रपति नियुक्त भएपछि भण्डारीले राष्ट्र प्रमुखको हैसियतले पाँचपटक पलान्चोक भगवतीको दर्शन गरेको मन्दिरका पुजारी रविन्द्र बज्राचार्यले जानकारी दिए । कोभिड–१९ का कारण ०७७ सालमा भने उनले भगवतीको दर्शन नगरेको पुजारीले बज्राचार्यले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।