झण्डै १७ लाखले छोडे उपत्यका
फाइल तस्बिर

उपत्यकाबाट यस वर्ष झण्डै १७ लाख यात्रु बाहिरिएका छन् । महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको व्यवस्थान राम्रो गर्दागर्दै पनि कति यात्रुहरू समस्यामा पर्ने गरेका छन् । 

जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश राज मैनालीले सर्वसाधारणको व्यवस्थापन र सेवा सुविधाका लागि प्रहरीले चौबीसै घण्टा बसपार्क क्षेत्रमा निगरानी गरेको बताएका छन् । यात्रुहरूलाई झोलाको  समेत भाडा लिएको भन्ने समस्या आएको भन्दै एसपी मैनालीले केही समस्या परे प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरेका छन् । 

‘बढी भाडा लिने भन्ने हुँदैन लिनेलाई कानुन बमोजिम कारबाही हुन्छ । केही समस्या परे प्रहरीलाई जानकारी गराउन हुन अनुरोध गर्दछु ।’विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकाएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्ने लगायतका समस्या यात्रुले भोगिरहेका छन् । 

राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अनुसार उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरेको जनाएको छ । कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने मैनालीले बताए ।

सवारीसाधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकाएकोभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ । 

 





 

  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार २०:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया