अर्जेन्टिनी फुटबलर हिगुइनले गरे संन्यास लिने घोषणा

अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुइनले फुटबल खेल जीवनबाट संन्यास घोषणा गरेका छन् ।

अमेरिकी मेजर लिग सकर (एमएलएस)क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुइनले सोमबार २०२२ को सिजन अन्त्यपछि संन्यास लिने घोषणा गरेका हुन् ।

३४ वर्षीय हिगुइन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए । उनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए ।

अर्जेन्टिनाका लागि हिगुइनले ७५ खेलमा ३१ गोल गरेका छन् । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार ८:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया