बर्दियामा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

बर्दियामा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो । 

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार ११:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया