भद्रकालीमा सवारी पूजा गर्नेको भिड

काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड लागेको छ । बडा दसैंअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रास्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरू पूजा गर्नु अगाडि गाडी सर्भिसिङ गरिन्छ ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो ।

आजको दिन विशेषतः अटो शोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् । विधिवतरूपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ ।  

नवरात्रको महाअष्टमी–नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधन धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार ११:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया