युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिकाे खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएकाे छ । ऊ समूह `ए´ अन्तर्गतकाे खेलमा स्कटिस क्लब रेन्जर्सविरुद्व २–० ले विजयी भएकाे हाे ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड र माेहम्मद सलाहले एक/एक गाेल गरे । खेलकाे सातौं मिनेटमा अर्नाेल्डकाे गाेलमार्फत लिभरपुलले अग्रता लिएकाे थियाे ।
५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गाेल गर्दै घरेलु टाेलीलाई २–० काे सहज जित दिलाए ।
जितसँगै ३ खेलमा ६ अंक जाेडेर दोस्रो स्थानमा रहँदा पराजित रेन्जर्स समान खेलबाट विना अंक पुछारमा छ । यही समूहकाे अर्काे खेलमा इटालीकाे नापाेलीले डच क्लब आयाक्सलाई ६–१ ले हरायाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।