यू-१७ एसियन कप छनोटमा सुखद सुरुवातको लक्ष्यमा नेपाल

एएफसी यू–१७ एसियन कप छनाेट अन्तर्गतको आफ्नो पहिलाे खेलमा नेपालले आज थाइल्याण्डकाे सामना गर्दैछ । समूह `एफ´अन्तर्गत हुने खेल भियतनामकाे फु थाे प्राेभिन्सियल स्टेडियममा दिउँसाे पाैने ३ बजेबाट सुरु हुनेछ ।

नेपाल थाइल्याण्डलाई हराउँदै छनाेटकाे सुखद सुरु​वात गर्ने साेचमा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

‘यो समूहका सबै टाेली समान स्तरका छन् जस्तो लाग्छ । हामी सबै विपक्षीलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,' मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा उनले भने, 'थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ ।’ 

टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मिहिनेत गरेर खेल्ने बताएका थिए । ‘सबै खेलमा शतप्रतिशत मिहिनेत गर्नेछौं र संयमता अपनाउनेछौँ,’ प्रशान्तले भनेका थिए ।

बलियाे टाेली थाइल्याण्डविरुद्व नेपाललाई जित निकाल्न त्यति सहज भने हुनेछैन । उसले पछिल्ला पाँच खेलमा तीन जित तथा समान एक हार र बराबरीको नतिजा निकालेकाे छ ।

थाइल्याण्ड पनि जितका साथ प्रतियाेगिता सुरु गर्ने प्रयासमा छ । नेपालले पछिल्ला चार खेलमा तीन जित र एक हारकाे नतिजा आत्मसात गरेकाे छ ।



पछिल्लाेपटक यी दुई टिमले सन् २०१४ मा एकअर्काकाे सामना गरेका थिए । उक्त मैत्रीपूर्ण खेल ३–३ काे बराबरीमा सकिएकाे थियाे ।



  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार ८:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया