पर्यावरण संरक्षण गर्न कायापलटकाे ‘प्लाष्टिक म्यान क्याम्पेन’

जनकपुरधाममा विजयादशमीका दिन प्लाष्टिक म्यान क्याम्पेन सम्पन्न भएको छ । कायापलटले आयोजना गरेको सडक प्रदर्शनमा संस्थाका पर्यावरण संरक्षण अभियान्ताद्वारा पर्यावरण संरक्षण गर्न सांकेतिक प्रस्तुती दिएका हुन् । 

कायापलटको आयोजनामा सेभ द चिल्ड्रेन, सिफ्ट, डब्लु डब्लु एफ नेपालको सहकार्यमा जनकपुरधामको जनकचोक, जानकी मन्दिर, रामचोकलगायतका स्थानमा प्लाष्टिक म्यान बनेर प्रदर्शन गरिएको थियो । 

उक्त कार्यक्रममा दुईजना प्लाष्टिक म्यानले प्लाष्टिकका बोतल र झोला बोकेका थिए भने प्लाष्टिकका सांकेतिक रूपमा डिब्बामा विरुवा राखि अक्सिजनको कमीलाई प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीमा कायापलटका ऋ​षभ कुमार र सुमन शर्मा थिए । 

कार्यक्रममा सहजीकरण गर्दै कायापलटका संस्थापक दिवाकर उप्रेतीले पर्यावरणमा  हस्तक्षेप रोक्नुपर्ने बताए । उनले भने, ‘पर्यावरण संरक्षणमा सरकार तथा सरोकारवाला चुक्दै गएकोले हामिले अभियान सञ्चालन गरेका हौं ।’ 



यसका साथै कायापलट लगायतका साझेदार संस्थाले निरन्तर यस्ता अभियान सञ्चालन गर्ने छन् । जसको सुरुवात आजबाट सुरु भएको कायापलटका कोषाध्यक्ष तथा अभियन्ता कैयुम राइनले बताए ।


 



  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार २०:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया