पहिरोले बेंसीशहर चामे सडक अवरुद्ध

मनाङ जाने एक मात्र बेंसीशहर चामे सडक वर्षाका कारण अवरुद्ध भएको छ । बुधबार दिउँसोदेखि मर्स्याङ्दी गाउँपालिका–४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।

अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ । 

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीपहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका–४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । सडक खुलाउन सकिरहेको छैन,’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १३:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया