काठमाडौंका नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर

काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जल सतह उल्लेख्य बढेको छ । 

खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ ।

उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १५:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया