युरोपा लिगमा युनाइटेडको रोमाञ्चक जित

युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ समूह ‘इ’ अन्तर्गतको खेलमा साइप्रसको ओमनिया निकोसियाविरुद्ध ३–२ ले विजयी भएको हो ।

खेलको सुरुआती अग्रता भने ओमोनियाले लिएको थियो । घरेलु मैदान जिएसपी स्टेडियममा ३४ औं मिनेटमा करिम अन्सारिफरदले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेललाई १–१ को बराबरीमा ल्याए । एन्योनी मार्टियलले गोल गरेपछि पाहुना टोली २–१ ले अघि बढ्यो । ८४ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता ३–१ बनाए ।

७५ औं मिनेटमा ओमोनियाका निकोलस पानायोटोउले गोल गरेपछि युनाइटेडले ३–२ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै ३ खेलमा ६ जोडेको युनाइटेड दोस्रो स्थानमा रहँदा पराजित ओमोनिया समान खेलबाट विना अंक पुछारमा छ ।

यही समूहको अर्को खेलमा रियल सोसिडाडले सेरिफलाई २–० ले हरायो । लिगअन्तर्गतकै अन्य खेलमा मोनाको, युनियन बर्लिन, कराबग एफके, पिएसभी र क्र्वेना ज्भेज्दाले पनि जित हात पारेका छन् ।  





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार ७:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया