एसियन कप छनोटमा नेपालको लगातार दोस्रो पराजय

यु-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । नेपालले आज सम्पन्न घरेलु टाेली भियतनामसँगकाे खेल ५-० ले गुमाउँदै लगातार दोस्रो पराजय बेहाेरेकाे हाे ।

यसअघि नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएकाे थियाे । फु थोस्थित भियत त्रि स्टेडियममा खेलकाे सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलमा भियतनामले  अग्रता लिएकाे थियाे ।

१२ औं मिनेटमा बुइ होआङ सनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।  १६ औं मिनेटमा भि थिनले  भियतनामलाई ३-० ले अघि बढाए ।  २९ औं मिनेटमा लि दिङ लोङले गोल गरेपछि घरेलु टाेलीले पहिलाे हाफमै ४-० काे आरामदायी अग्रता लियाे ।

थप गरिएकाे समयमा हुवान भान दन्हले गाेल गर्दै भियतनामलाई ५-० काे सहज जित दिलाए । यसअघि चाइनिज ताइपेलाई ४-० ले हराएकाे भियतनामकाे याे तगातार दोस्रो जित हाे ।

 याे पराजयसँगै समूह 'एफ' को नेपाल  २ खेलमा अंक विहीन रहदै पुछारमा रहँदा जित निकालेकाे  भियतनाम समान खेलबाट ६ अंकका साथ शीर्ष  स्थानमा छ । छनोटअन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार २०:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया