एम्बाप्पे बने सर्वाधिक कमाइ गर्ने फुटबलर

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एम्बाप्पे सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । उनी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरकाे  सूचीमा पहिलाेपटक शीर्ष स्थानमा उक्लिएकाे हुन् ।

फ्रेन्च फरवार्ड एम्बाप्पे पिएसजीकै अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । फोर्ब्सको सूचीअनुसार उनको कमाइ १२८ तथा मेस्सीकाे कमाइ १२० मिलियन अमेरिकी डलर छ ।

म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो १०० मिलियन अमेरिकी डलर कमाइका साथ तेस्रो स्थानमा छन् । पिएसजीका ब्राजिलियन फरवार्ड नेयमार ८७  मिलियन अमेरिकी डलरका साथ चाैथाे तथा लिभरपुलका इप्टियन फरवार्ड मोहम्मद सलाह ५३ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा छन् ।

म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, बार्सिलाेनाका राेबर्ट लेवान्डाेस्की, रियल मड्रिडका इडेन हाजार्ड,भिसेल काेबेका आन्द्रे इनियस्टा, म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना छैटौं देखि १० औं  स्थानमा छन् ।   

उनीहरूकाे कमाइ क्रमश: ३९,३५, ३१,३० र २९ मिलियन अमेरिकी डलर छ ।





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार ९:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया