मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा
फाइल तस्बिर

मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।

मधेस प्रदेशको प्रदेश राजपत्रमा मिति २०७८ चैत्र १८ गते प्रकाशित सार्वजनिक बिदा सम्वन्धी सूचना अनुसार पछि यकिन हुने गरी पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा यस मन्त्रालयको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए । 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १३:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया