रूपन्देही-५ मा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने

२०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका घिमिरेलाई एमालेले रूपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । 

उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको देशभर नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए ।

मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए । ‘क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने, ‘अब जितका लागि तयारी गर्दैछु ।’

यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टराई उम्मेदवार बन्ने चर्चा थियो । उनी एमालेबाट राष्ट्रियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । 

राष्ट्रियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ । 
 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १९:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया