मुख्यमन्त्री राउतलाई फेरि प्रदेशसभाकै टिकट

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा सदस्य पदका लागि टिकट पाएका छन् । 

मुख्यमन्त्री राउत फेरि प्रदेशसभा सदस्यमै चुनाव लड्ने भएका हुन् । जसपाले उनलाई पर्सा–१ काे (ख) मा उम्मेदवार बनाउने भएको छ । 

यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

राउतले ९ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए।





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २०:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया