डर्टमन्डसँग बराबरीमा रोकियो बायर्न

जर्मन बुन्डेस लिगा अन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिख बराबरीमा राेकिएकाे छ । उ घरेलु टाेली बाेरूसिया डर्टमन्डसँग  २-२ काे बराबरीमा राेकिएकाे हाे ।

सिंगल इडुना पार्कमा सुरूवाती २ गाेलकाे अग्रता जाेगाउन नसक्दा १० खेलाडीमा समेटिएकाे बायर्न अंक बाँड्न बाध्य बन्याे ।

 खेलकाे ३३औं मिनेटमा लियोन गोरेट्जकाले बायर्नलाई सुरूवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा लिराेय सानेले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए ।

७४ औं मिनेटमा डर्टमन्डका युसुफा मोकोकोले गाेल गर्दै खेललाई  २-१ काे स्थितिमा ल्याए । ९० औं  मिनेटमा किङ्सले काेम्यानले दाेहाेराे पहेँलो  कार्ड बेहाेर्दै मैदान छाडेपछि बायर्न १० खेलाडीमा समेटियाे ।

थप गरिएकाे समयमा एन्थोनी मोडेस्टले घरेलु टाेलीका लागि गाेल गरेपछि  खेल २-२ काे राेमाञ्चक बराबरीमा सकिएकाे हाे ।

याे नतिजासँगै ९ खेलमा समान १६ अंकका साथ बायर्न तेस्रो तथा डर्टमन्ड चाैथाे स्थानमा छन् । लिगअन्तर्गतकै अन्य खेलमा बाेचुम र लिभरकुसेनले जित हात पार्दा  उल्फ्सबर्ग र लाइप्जिग बराबरीमा राेकिएका छन् ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार ७:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया