सुर्खेतमा तीन जनाले दिए स्वतन्त्र उम्मेदवारी

सुर्खेतमा क्षेत्र नं. १ को प्रदेशसभा (ख) तर्फ दुई जनाले स्वतन्त्र रूपमा उम्मेदवारी समेत दिएका छन् । प्रदेशसभाको १ (ख) तर्फ देवबहादुर चन्द र दीपेन्द्र नाथ योगीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यसै गरी प्रदेशसभाको २(ख) तर्फ  पदम बमले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

सुर्खेतमा गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी (केन्द्र)ले तथा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् ।गठबन्धनका तर्फबाट सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्काको उम्मेदवारी परेको छ । प्रदेश सभा क्षेत्र नं. १ (क) मा खड्क पोखरेल (कांग्रेस) र (ख) मा कृष्ण जिसी–जितेन्द्र (माओवादी) ले उम्मेदवारी दिएका छन् । 

यसै गरी प्रतिनिधि सभा क्षेत्र नं २ मा कांग्रेस नेता हृदयराम थानीले उम्मेदवारी दिएका छन् । प्रदेश सभा क्षेत्र नं. २ (क) मा काली प्रसाद शाक्य (कांग्रेस) र (ख) मा बिन्दमान बिष्ट (माओवादी)को उम्मेदवारी परेको छ । 

नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नं १ का लागि धुव्रकुमार शाहीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र नं. १ को (क) मा डम्बर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माको उम्मेदवारी परेको छ । यसै गरी प्रतिनिधि सभा क्षेत्र नं २ मा अमृत विसी, प्रदेश सभा क्षेत्र नं. २ (क) यामलाल कँडेल र (ख) ताराकेशर गौतमको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १६:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया