एसियन कप छनोटमा नेपाल जितविहिन

भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले आजसम्म समूह चरणको आफ्नो अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ ले पराजित हुँदै लगातार तेस्रो हार बेहारेको हो । 

फु थोस्थित भियत त्रि स्टेडियममा खेलको तेस्रो मिनेटमा लिन हाइ चिङको गोलबाट चाइनिज ताइपेले अग्रता लिएको थियो । १० औं मिनेटमा कप्तान प्रशान्त लक्समले नेपालका लागि बराबरी गोल फर्काए । छनोटमा नेपालको यो पहिलो गोल समेत हो । 

२८ औं मिनेटमा कर्नरबाट आएको बललाई ताइ यान याओले हेडमार्फत गोल गर्दै चाइनिज ताइपेलाई २–१ ले अघि बढाएका थिए । ६१ औं मिनेटमा धनसिंह विकले नेपाललाई २–२ को बराबरीमा ल्याए । 

७८ औं मिनेटमा दीपक थापा मगरले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि नेपाल १० खेलाडीमा सिमित बन्यो । खेलको ८३ औं मिनेटमा क्रिशल मोक्तानको स्थानमा मैदान प्रवेश गर्दै  गोलरक्षक समिर चन्दले नेपाली यु–१७ टोलीका लागि डेब्यु गरे । 

८० औं मिनेटमा लु यी टिङले तइपेलाई ३–१ ले अघि बढाए । ८९ औं मिनेटमा चिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–२ को जित दिलाए । 

यो हारसँगै नेपाल जित र अंक विहिन हँदै समूह ‘एफ’को अन्तिम स्थानमा रहँदा सान्त्वाना जित हात पारेको ताइपे ३ अंकका सात तेस्रो मा रह्यो । उसअघि नेपालले थाइल्याण्डसँग ३–० र आयोजक भियतनमासँग ५–० को पराजय बेहोरेको थियो । ताइपे पनि भियतनामसँग ४–० र थाइल्याण्डसँग ३–२ ले पराजित भएको थियो ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १८:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया