मकवानपुरमा सत्तागठबन्धन दलहरुले गराए उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरमा उम्मेदवारी दर्ता गराएका छन् । 

दुई प्रतिनिधिसभा र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले उम्मेदवारी दिएकी छन् ।
 
त्यस्तै, क्षेत्र नम्बर–२ बाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १(क) मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, १(ख) मा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराए ।  

त्यस्तै क्षेत्र नम्बर २(क)मा माओवादी केन्द्रकी कुमारी मोक्तान र २(ख)मा बागमती प्रदेशका पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १८:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया