जनकपुरधाममा दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव सुरु
फरकधार / २३ असोज, २०७९

जनकपुरधाममा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव सुरु भएको छ । सिया इभेन्टले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव आजदेखि सुरु भएको हो । 



जनकपुरधामको उद्योग वाणिज्य संघमा अगामी असोज २९ गतेसम्म चल्ने महोत्सवमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका व्यापारीहरु सहभागी रहेको सिया इभेन्टका प्रबन्ध निर्देशक राकेश महतोले बताए । 

महोत्सवको एक कार्यक्रमकाबिच आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघ धनुषाका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेका छन् । महोत्सवमा ५० वटा विभिन्न स्टल रहेका छन् ।
 
प्रबन्ध निर्देशक महतोले यस महोत्सवमा विभिन्न किसिमका लत्ताकपडा, घरायसी सामान, विभिन्न सामग्रीको प्रदर्शन तथा बिक्रि वितरण हुने उनले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १८:५३:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया