नवौं राष्ट्रिय खेलकुदः बागमतीको विजयी सुरुआत

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७१ रनको योगफल तयार गरेको थियो ।

दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको बागमतीले १३.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बागमतीका लागि कञ्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित २५ रन बनाइन् । 

यस्तै, सुमन खतिवडा ११ रनमा अविजित रहँदा अस्मिता खरेलले ९ रन जोडेकी थिइन् । आरती विडारी पनि ३ रनमा अविजित रहिन् । सुदूरपश्चिमका लागि यसु पाण्डे मात्र एक विकेट लिन सफल भइन् । 

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर ७१ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि अनुले २३ बलमा २२ तथा रुबी पोदारले २१ बलमा १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

असोज २८ गते मात्रै राष्ट्रिय खेलकुदको उद्घाटन समारोह हुने भए पनि महिला क्रिकेट आजैदेखि सुरु भएको छ । आइतबार भएको पहिलो खेलमा गण्डकीलाई मधेस प्रदेशले ४० रनले पराजित गरेको थियो ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १९:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया