विश्वप्रकाश शर्माले गराए उम्मेदवारी मनोनयन दर्ता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा माओवादीका राम कार्कीसँग पराजित भएका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । 

झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताए । 

उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।  





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार २०:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया