निर्वाचनपछि ड्राइभिङ सिटमा बसेर आफैँ मुलुक हाँक्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन् । 

त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले अबको निर्वाचन पछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए । आफूले प्राप्त गरेको अनुभवका आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए । 

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लड्न लागेको पटक–पटक दोहोर्याए । 

महामन्त्री थापाले सांसदको रुपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागिपरेको दाबीसमेत गरे । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार २१:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया