दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसीयमा भारत विजयी
फरकधार / २४ असोज, २०७९

घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा जित हात पारेको छ । उसले गएरातिसम्पन्न खेलमा  ७ विकेटकाे जित हात पारेकाे हाे ।



 भारतकाे याे जितसँगै तीन खेलकाे सिरिज १-१ को बराबरीमा आएकाे छ । २७९ रनको लक्ष्य भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायाे ।

भारतका लागि श्रेयस अय्यरले १११ बलमा १५ चाैकासहित अविजित ११३ रनको शतकीय पारी खेले । ९३ रनकाे उत्कङ पारी खेलेका इशान किशनले ८४ बलमा ७ छक्का र ४ चाैका प्रहार गरे ।
 
सञ्जु स्यामसनले अविजित ३०, शुभमन गिलले २८ र कप्तान शिखर धवनले १३ रन जाेडे ।दक्षिण अफ्रिकाका लागि बजाेर्न फाेर्टुन, वायन पार्नेल र कागिराे रवाडाले १/१ विकेट लिए ।



त्यसअघि राँचीस्थित जेएससिए अन्तर्राष्ट्रिय स्टेडियम कम्प्लेक्समा टस जितेर ब्याटिङ राेजेकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७८ रन बनाएकाे थियाे ।



उसका लागि एडेन मार्करम र रीजा हेन्ड्रिक्सले उत्कृष्ट प्रदर्शन गरे । मार्करमले ८९ बलमा ७ चाैका र १ छक्कासहित ७९ रन बनाए । ७४ रनकाे याेगदान दिएका हेन्ड्रिक्सले ७६ बलमा ९ चाैका र १ छक्का प्रहार गरे ।

डेविड मिलरले अविजित ३५,हेन्रिच क्लासेनले ३०, जान्नेम्यान मलानले २५ र वायन पार्नेलले १६ रन जाेडे ।भारतका लागि माेहम्मद सिराजले ३ तथा वासिङ्टन सुन्दर, शहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले १/१ विकेट हात पारे ।

पहिलाे खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएकाे थियाे । सिरिजकाे तेस्रो  तथा अन्तिम खेल भाेलि हुनेछ ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ७:१८:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया