रोनाल्डोको कीर्तिमानी गोलमा युनाइटेडको रोमाञ्चक जित

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा जित हात पारेको छ । उसले घरेलु टोली एभर्टनविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको हो ।

गुडिसन पार्कमा युनाइटेडलाई जित दिलाउन एन्टोनी म्याथ्युज र क्रिस्टियानो रोनाल्डोले १–१ गोल गर्दा एभर्टनका लागि एलेक्स इवोबीले १ गोल गरे ।

खेलको पाँचौ मिनेटमै इवोबीले  घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै एन्टोलीले पाहुना टोलीलाई १–१ को बाराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा मार्टियलको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ४४ औं मिनेटमा गरेको गोल नै म्याचेस्टरको जितमा निर्णायक बन्यो । उनले क्यासमिरोको पासलाई पोस्टको दिशा दिएका थिए । यो रोनाल्डोको क्लब करिअरको ७०० औं गोल हो ।

उनले ९४५ खेलमा ७०० गोलको आँकडा पार गरेका हुन् । रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल,  रियल मड्रिडबाट  ४३८ खेलमा ४५० गोल र युभेन्टसबाट १३४ खेलमा १०१ गोल गरेका छन् । गत सिजन युनाइटेड फर्किएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गरेका छन् ।

जितसँगै ८ खेलमा १५ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा रहँदा पराजित एभर्टन ९ खेलमा १० अंकका साथ १२ औंस्थानमा छ ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ८:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया