बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
अदालतले उनलाई आज अदालतमा उपस्थित गराएको थियो । एक १७ वर्षीया नाबालिगले सन्दीपविरुद्ध आफूमाथि ५ भदौमा बारम्बार बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
उनले उजुरी दिने समयमा सन्दीप वेस्ट इन्डिजमा क्रिकेट खेल्न पुगेका थिए । त्यहाँबाट उनी बिहीबार फर्किएका थिए, प्रहरीले उनलाई विमानस्थलबाट नै पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।