यु–१५ साफ च्याम्पियनसिप: नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने

बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले ३ नोभेम्बरममा भुटानसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । 

ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ । यस्तै, नेपालले बंगलादेशसँग ५ नोभेम्बर, भुटानसँग ९ नोभेम्बर र ११नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी छन् । मुख्य प्रशिक्षक भगवती राना मगर, सहायक प्रशिक्षक मंगल महर्जन र गोलकिपर प्रशिक्षक, छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी 
गोलकिपरः राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल
डिफेन्डरः दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया
मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार
फरवार्डः समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया 





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १२:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया