चुनावी घरदैलोमा प्रदीप पाैडेलको बालेनसँग जम्काभेट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र ५ का उम्मेदवार प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलबीच जम्काभेट भएको छ । 

हाँडिगाउँमा भएको एक जात्रामा पुगेका बालेनसँग चुुनावी अभियानमा निस्किएका प्रदीप पौडेलको सोमबार दिउँसो जम्काभेट भएको हो । 

नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई गठबन्धनको तर्फबाट काठमाडौं ५ मा गठबन्धनले उम्मेदवार बनाएको छ । उनले आफ्नो उम्मेदवारी देशको राजधानीलाई राजधानीजस्तो बनाउन र देशमा सुशासन कायम गर्न तथा भ्रष्टाचारको अन्त्य गर्न रहँदै आएको बताएका छन् । 

पौडेल र बालेनबीच काठमाडौं महानगपालिकाको फोहोर व्यवस्थापन तथा अन्य विषयमा छोटो कुराकानी समेत भएको थियो ।

पौडेलविरुद्ध नेकपा एमालेले यो क्षेत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मैदानमा उतारेको छ । यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको प्रचारमा पुग्दा पोखरेललाई यही क्षेत्रका जनताले रुचाएका थिएनन् । त्यसपछि उनले स्थापितको प्रचार प्रसारको कार्यक्रम नै त्यागेका थिए ।



प्रदीप पौडेलले यसअघि बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा देखाएको जागरुकतामा साथ दिँदै बालेनले स्वतन्त्रबाट मेयरमा निर्वाचित भएपछि मेयरको गरिमा कायम राखेको अभिव्यक्ति दिएका थिए ।



  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १६:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया