नवौँ राष्टिय खेलकुद : पुलिसको विजयी सुरुवात

नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो । 

पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रश्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले लक्ष्य पछ्याउने क्रममा १०.२ ओभरमा १७ रन बनाउँदा वर्षा बाधक बनेको थियो । 

खराब प्रदर्शन गरेको कर्णाली फराकिलो हारोन्मुख रहँदा वर्षा भएपछि खेलको निर्णय डिएल मेथडका आधारमा लिइएको थियो । त्यसअघि पोखरा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले १६–१६ रन बनाएका थिए । 

त्यस्तै, रेवती धामीले १४ रन बनाइन् भने कर्णाली प्रदेशले अतिरिक्त १८ रन दिएको थियो । नवौं राष्ट्रिय खेलकद प्रतियोगितामा आजको दोस्रो खेल भने रद्ध भएको छ । 

प्रदेश–१ र लुम्बिनी प्रदेशबीचको खेल निरन्तरको वर्षाको कारण रद्ध भएको हो । टससमेत नभई खेल रद्ध भएपछि दुवै टोलीले १/१ अंक बाडेका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १९:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया