नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् ।
उनले व्यक्तिगत सेबरतर्फको इभेन्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी प्रतियोगिताको व्यक्तिग स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् ।
यसअघि विभागीय टोली नेपाल पुलिस क्लबले पुरूष क्रिकेटको स्वर्ण हात पारेको थियो ।
नेपाल आर्मीकी रविना थापा र आर्मीकै मनिषाले कास्य पदक हात पारे ।
प्रतियोगिता इपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्नेछन् । प्रतियोगितामा दुई विभागीयसहित ६ टोलीले सहभागिता जनाएका छन् ।
यो स्पर्धामा नेपाल आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।