जसपाका ४ मन्त्रीलाई निकालिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई तत्काल हटाउने बताएका छन् । मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा आएका चार मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको थियो ।

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि जसपाका मन्त्रीहरु हटाउनेबारे कुरा भएको थियो। जसपाले सत्ता गठबन्धन छाडेपछि अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले कांग्रेससँग तालमेल गरिसकेको छ ।

यस्तोमा मंगलबार बालुवाटार पुगेका एकजना मन्त्रीका अनुसार देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका हुन् ।

क्याबिनेटको अधिकार प्रधानमन्त्रीमा निहित भएकाले चार मन्त्री हटाउनका लागि मन्त्रिपरिषद् बैठक आवश्यक नपर्ने कुरा पनि मंगलबारको गठबन्धन बैठकमा भएको छ । त्यही अनुसार देउवाले निर्णय गरेर जसपाका मन्त्रीहरुलाई बिदा गर्न लागेका हुन् ।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन् ।





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १७:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया