रेशम चौधरीको उम्मेदवारी खारेजीपछि उनकी पत्नीको एक शब्दे प्रतिक्रिया– अन्याय

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि गरेको मनोनयन खारेज भएको छ । 

उनको उम्मेदवारी खारेजीसँगै उनको क्षेत्रमा उनका समर्थकले नाराबाजी गर्न थालेका छन् ।

प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । अहिले अवस्था शान्त भए पनि अशान्त हुनसक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो  

यसैबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीको उम्मेदवारी खारेजी हुनुलाई अन्यायको संज्ञा दिएकी छिन् । 

उनले सामाजिक सन्जाल फेसबुकमा एक शब्द मात्र लेखेकी छिन्, अन्याय । रन्जिता चौधरी पत्नी हुन् ।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी पाइएका चौधरी अहिले कैद सजायँ भुक्तान गरिरहेका छन् । डिल्लीबजार कारागारमा रहँदा नै उनले श्रीमती रन्जिताको नाममा नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए ।





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार २१:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया