एकता कपुर आमा बनिन्, सरोगेसीबाट पाइन् छोरा

मुम्बई– ‘भारतीय टेलिभिजनकी रानी’ एकता कपुर आमा बनेकी छिन् । उनले सरोगेसीको माध्यमबाट छोरा पाएकी हुन् । 

कुनै जोडीले आफ्नो शुक्रकीट र अण्डबाट टेस्टट्युबमा गर्भाधान गराई अरु कसैको गर्भबाट बच्चा जन्माउने प्रक्रिया सरोगेसी हो । जहाँ, वास्तविक माता–पिताका लागि ‘सरोगेट’ आमाले निश्चित सर्तमा बच्चा जन्माइदिन्छिन् । शरीरमा स्वस्थ अण्ड उत्पादन हुने तर गर्भधारण गर्न नसक्ने महिलाका लागि याे आमा बन्ने उत्तम उपाय हाे । 

एकताको पिआर टिमले एक सन्देशमार्फत यसको पुष्टि गरेको छ । सन्देशमा पुत्रलाभले एकता कपुरको घरमा खुसीयाली ल्याएको उल्लेख छ । 

सरोगेसीको सहायताबाट २७ जनवरीमा जन्मिएको शिशुको नाम रवि कपुर राखिएको छ । एकताका बाबु जीतेन्द्रको वास्तविक नाम पनि रवि कपुर नै थियो । 

आफैँ गर्भधारण गर्न नसकेकी एकताले आमा बन्न डा. नन्दिता पलसेतकरको सहयोग लिएकी थिइन् । ‘एकता कपुर आमा बन्ने सोच लिएर मकहाँ आएकी थिइन् ।

हामीले ‘आइभिएफ’ र ‘आइयुआई’ प्रविधिको माध्यमबाट धेरै प्रयास गर्यौँ, तर एकता गर्भवती हुन सकिनन्,’ सन्देशमा डा. नन्दिता भन्छिन्, ‘त्यसपछि हामीले सरोगेसीको सहारा लियौँ ।’



उनी आमा बनेको खबरपछि बलिउड र टेलिभिजनसँग जोडिएका सयौँले उनलाई शुभकामना दिएका छन् ।

एकता चर्चित बलिउड अभिनेता जितेन्द्रकी छोरी तथा तुसार कपुरकी दिदी हुन् । एकतालाई आमा बन्ने प्रेरणा भाइ तुसारले दिएको भारतीय मिडियामा चर्चा छ । तुसार पनि तीन वर्षअघि सरोगेसीकै माध्यमबाट पिता बनेका थिए । 
 



  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार १८:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया