भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली भारतले जितेको छ । उसले गएराति तेस्रो तथा निर्णायक खेलमा ७ विकेटको सहज जित निकाल्दै ३ खेलको सिरिज २–१ ले जितेको हो ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले ९ रन तथा दोस्रो खेलमा भारतले ७ विकेटको जित दर्ता गरेपछि सिरिजको निर्णय अन्तिम खेलबाट भएको थियो । 

१०० रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि शुवमन गिलले ५७ बलमा ८ चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए ।

श्रेयस आय्यरले अविजित २८, इशान किशनले १० तथा कप्तान शिखर धवनले ८ रन जोडे । दक्षिण अफ्रिकाका लागि बजोर्न फोर्ट्युन र लुंगी एनगिडीले समान १ विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २७।१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

उसका लागि हेन्रिच क्लासेनले सर्वाधिक ३४, जानेमन मलानले १५ र मार्को यान्सनले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।



दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ तथा शहबाज अहमद, मोहम्मद सिराज र वासिङ्गटन सुन्दरले २–२ विकेट हात पारे । 



  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ७:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया