नाबालिग बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

बाराको निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालगलाई जबरजस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको हो ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि गर्यो ।

‘अध्यक्ष श्रेष्ठविरुद्ध जबरजस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए ।  





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ७:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया