कोपेनहेगनसँग बराबरीमा रोकियो सिटी

यूइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी डेनमार्कको एफसी कोपेनहेगनसँग बराबरीमा रोकिएको छ ।

समूह‘जी’अन्तर्गतको खेलमा सिटी घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । १० खेलाडीमा समेटिएको सिटी पाएको केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा अंक बाँड्न बाध्य बन्यो ।

पार्केन स्टिडियममा खेलको ११ औं मिनेटमा सिटीका रोड्रीले गोल पनि फाउल भएको कारण भिएआरको सहायताबाट रेफ्रीले त्यसलाई मान्यता दिएनन् । २५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा चुक्दा सिटीले अग्रता लिने शुनौलो अवसर गुमायो उनको प्रहार कोपनहेगनका गोलरक्षक कामिल ग्राबराले उत्कृष्ट बचाउ गरे ।

३० औं मिनेटमा सर्जियो गोमेजले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै ४ खेलमा १० अंकका साथ सिटी शीर्ष स्थानमा कायम रहँदा कोपेनहेगनसमान खेलबाट २ अंकका साथ अन्तिममा छ ।

यही समूहको अर्को खेलमा जर्नन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभियासँग १–१ को बराबरी खेलेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ७:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया