हाइफासँग युभेन्ट्स पराजित

यूइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’अन्तर्गत गएरातिको खेलमा युभेन्टस इजरायली क्लब मक्काबी हाइफासँग २–० ले पराजित भएको हो ।

घरेलु टोली हाइफालाई जित दिलाउन दुवै गोल ओमेर अट्जिलीले गरे । सामी ओफेर स्टेडियममा खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा ओमेरले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल नस्किन नसक्दा हाइफाले २–० को सहज जित निकाल्यो ।

योसँगै प्रतियोगितामा पहिलो जित हात पारेको हाइफा ४ खेलमा ३ अंकका साथ पुछरमा रहँदा समान खेलबाट समान अंक जोडेको युभेन्ट्स तेस्रोमा छ । यही समूहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पोर्चुगलको बेन्फिाकासँग १–१ को बराबरीमा रोकिएको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ७:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया