शाख्तरसँग बराबरीमा रोकियो रियल

युइएफए च्याम्पियन्स लिगमा समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता रयिल मड्रिडले युक्रेनको शाख्तर डोनेक्ससँग १–१ को बराबरी खेलेको छ ।  सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली शाख्तर अंक बाँड्न बाध्य बन्यो । 

 पोलिस आर्मी स्टेडियममा निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४६ औं मिनेटमा ओलेक्सान्डर जुबकोभले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले बोडन माइहालीचेन्कोको पासलाई सदुपयोग गरे । 

अन्तिम समयमा सम्हालीन नसक्दा शाख्तरले गोल बेहोर्न पुग्यो । थप गरिएको समयमा एन्टोनियो रुडिगरले गोल गर्दै स्पेनिस टोली रियलको हार टारे । उनेल टोली क्रुसको पासलाइृ पोस्टको दिशा दिएका थिए । 

यो नतिजासँगै रियल ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा शाख्तरसमान खेलबाट ५ अंकका साथ तेस्रोमा छ ।  यही समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगले स्कल्याण्डको सेल्टीकलाई २–० ले पराजित गरेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ८:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया