अमेरिकाको फ्लोरिडामा आँधीबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।  आँधीबाट राज्यको दक्षिण पश्चिम सबैभन्दा बढी प्रभावित छ ।

इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।

उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ । अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुन निर्माणका लागि महिनौँ लाग्ने अपेक्षा गरिएको छ ।

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले इयान तुफानबाट भएको विनाशको आँकलन गर्न फ्लोरिडाका गभर्नर रोन डेसेन्टिससँग भेट गरेका थिए । सन् २००५ मा क्याट्रिना तूफानले अमेरिकाको खाडी तटमा विनाश ल्याएको थियो । आँधीका कारण करिब १४ सय मानिसहरूको मृत्यु  हुनुका साथै अर्बौँ डलरको क्षति भएको थियो । त्यस्तै सन् २०१२ मा आएको  आँधीमा २३३ जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ९:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया