एम्बाप्पे च्याम्पियन्स लिगमा पिएसजीका सर्वाधिक गोलकर्ता

केलियन एम्बाप्पे यूइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत गएराति पोर्चुगिज क्लब बेन्फिकाविरुद्ध १ गोल गर्दै फ्रेन्च फरवार्ड एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।

खेलको ३९औं मिनेटमा पेनाल्टीमा गरेको गोलसँगै उनको पिएसजीका लागि च्याम्पियन्स लिगमा गोल संख्या ३१ पुगेको छ । यसअघि उरुग्वेली फरवार्ड एडिन्सन काभानी ३० गोल सहित सर्वाधिक गोलकर्ता थिए ।

ब्राजिलियन फरवार्ड नेयमार २१ गोलका साथ तेस्रो स्थानमा छन् । एम्बाप्पेले कीर्तिमानी गोल गरेपनि पिएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको थियो ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १२:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया